+
+
Shares

शम्भुजित भन्छन्–‘फिल्म र भिडियो ‘हात्ती र हात्ती छाप चप्पल जस्तै’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते ११:४०

संगीतकार शम्भुजित बास्कोटाले चलचित्र र म्यूजिक भिडियोलाई ‘हात्ती र हात्ती छाप चप्पल’सँग तुलना गरेका छन् । संगिक्षा फिल्मस्ले हङकङमा आयोजना गर्न लागेको ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ कार्यक्रममा विशिष्ट अतिथीको रुपमा उपस्थित भएका शम्भुजितले भने–‘अहिले चलचित्र क्षेत्र कोरोनाका कारण ठप्प छ । यस्तो समयमा प्राविधिकदेखि कलाकारको दैनिकी चलाउनमा भिडियोले ठूलो भूमिका खेलेको छ । चलचित्र र भिडियोलाई सानो र ठूलो भनेर तुलना गर्न हुँदैन ।’

आफैले लेखेको लाइन संझदै बाँस्कोटाले भने–‘एउटा विज्ञापन थियो नी, हात्ती र हात्ती छाप चप्पलमा कुन बलियो भन्दा, उस्तै उस्तै हो नानु’ भन्ने । चलचित्र र भिडियो पनि यस्तै हो ।’

शम्भुजितले नेपालमा पहिलो पटक म्यूजिक भिडियोको निर्माण गरेका थिए । उनले भने–‘सो समयमा मलाई भिडियो बनाउँदा गाली आयो, कामबाट निकालियो । तर, पनि मैले भिडियो बनाएरै छाँडे ।’

नेपाली म्यूजिक भिडियो बजारमा लगानीको आकर्षण बढेको भन्दै उनले अहिलेको यूवापुस्ताले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?