Comments Add Comment

आयकर विभागको छापापछि तापसीको प्रतिक्रिया–‘पेरिसमा मेरो घर छैनँ’

भारतको आयकर विभागले फ्यान्टम फिल्मस्को कार्यलय र यसका शेयर सदस्यहरुको घरमा छापा मार्यो । नायिका तापसी पन्नु, निर्माता अनुराग कश्यप लगायतको घरमा पनि आयकर विभागका कर्मचारीले छापा मारे । यो चलचित्र निर्माण कम्पनीका शेयर सदस्यहरुले ६५० करोडको आयकर छली गरेको आशंका आयकर विभागका कर्मचारीले गरेका छन् ।

विभागले छापा मारेको ४ दिनपछि नायिका तापसी पन्नुले यो बिषयमा मुख खोलेकी छिन् । सामाजिक संजालमा आफ्नो भनाई सार्वजनिक गर्दै तापसीले लेखेकी छिन्–‘३ दिनसम्मको गहिरो तलासीपछि मुख्य रुपमा ३ वटा कुरा बाहिर आएको छ । पेरिसको जुन कथित बंगलाको साँचो मेरो साथ छ भनिएको छ, उक्त ठाउँमा गर्मी मनाउन म कहिल्यै पनि गएकी छैनँ ।’

यस्तै, तापसीले अगाडि लेखेकी छिन्–‘पाँच करोड वुझेको कुनै पनि कागज मसँग छैनँ र मैले यस्तो कुनै पनि पैसा लिएकी छैनँ ।’

तापसीले आफ्नो अन्तिम पोष्टमा लेखेकी छिन्–‘वित्त मन्त्रीका अनुसार,सन् २०१३ मा मेरो घरमा छापा मारिएको थियो । तर, मेरो घरमा यो मितिमा कुनै पनि प्रकारको छापा मारिएको छैन ।’ उनले आफू अब सस्तो कपी नभएको भन्दै नायिका कंगना रनावतको भनाइमाथि पनि टिप्पणी गरेकी छिन् ।

यस्तै, चलचित्रका निर्माता अनुराग कश्यपले तापसीसँगको तस्वीर शेयर गर्दै आफूहरुले ‘दोबारा’ चलचित्रको छायांकन फेरि सुरु गरेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment