+
+

माधव नेपाल समूह छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते १४:३४

२४ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

नेकपाको प्रचण्ड–माधव समूहले बोलाएको स्थायी कमिटी बैठक अगाडि माधव नेपाल निकट नेताहरु छलफलमा जुटेका हुन् ।

एक होटलमा जारी छलफलमा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि कुराकानी हुने नेपालनिकट एक नेताले बताए ।

पूर्वएमालेभित्र माधवकुमार नेपाल अल्पमतमा छन् । त्यसैले यो फैसलाले सबैभन्दा बढी समस्यामा उनी र उनलाई साथ दिँदै आएका नेताहरु परेका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा नेता नेपालले आफूहरु कानुनी परामर्शमा रहेको र फैसला पुनरावलोकनमा जाने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?