Comments Add Comment

संघीय शिक्षा ऐन ल्याउने सरकारको तयारी

फाइल तस्वीर

२४ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेको बताएका छन् ।

२०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको भन्दै उनले अब नयाँ शिक्षा ऐन ल्याउने तयारी गरेको बताएका हुन् ।

चन्द्रागिरि नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको भवन शिलान्यास कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तर सुधारको आवश्यकता रहेको बताए ।

विद्यालयमा भारत सरकारको साढे ६ करोड ४८ लाख रुपैयाँ लागतमा ३२ कोठे भवन निर्माण हुँदैछ । सम्झौता अनुसार ठेकेदार कम्पनीले १५ महिनामा भवन निर्माण गरिसक्नुपर्नेछ ।

हाल भारतको सहयोगमा करिब ७० विद्यालयको पुनर्निर्माण भइरहेको र २८ आंगिक क्याम्पस बनाउने तयारी गरिरहेको भन्दै मन्त्री श्रेष्ठले भारत सरकारलाई धन्यवाद दिए ।

भवन निर्माणको शिलान्यास भारतीय दूतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्मा र मन्त्री श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा काउन्सिलर शर्माले नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउन यस किसिमको सहयोग निरन्तर रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment