+
+

सुरु भयो प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते १६:२७
फाइल तस्वीर

२४ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे धारणा तय गर्न प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अदालतको फैसला र अबको रणनीतिबारे छलफल हुनेछ ।

यो बैठक अगाडि माधव नेपाल समूहका १३ स्थायी कमिटी सदस्य छुट्टै छलफलमा बसेका थिए । छलफलमा सर्वोच्चको फैसला र आगामी कदमबारे कुराकानी भएको थियो । तर कुनै निर्णय नभएको र आफूहरु पर्ख र हेरको स्थितिमा रहेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?