Comments Add Comment

जाजरकोटमा बर्डफ्लु देखियो

२६ फागुन, काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्डफ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बर्डफ्लु देखिएको जानकारी दिए ।

योसँगै माघयता नेपालमा पाँचपटक बर्डफ्लु देखिएको छ । यसअघि काठमाडौंको तारकेश्वर–१ मा दुईपटक र वडा नम्बर ७ मा एकपटक र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एकपटक बर्डफ्लु देखिएको थियो । भेरीमा बर्डफ्लु पुष्टि भएपछि उक्त क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिन संघ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको छ ।

रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सकको विज्ञ टोली जाजरकोट पठाइएको ढकालले बताए ।
बर्डफ्लु देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ ।

बर्डफ्लु देखिएपछि त्यहाँ रहेका ३०० बोइलर कुखुरा, ३३१ लेयर्स कुुखुरा, ७० लोकल कुखुरा, ८८३ अण्डा र २५१ केजी दाना र २०० वटा अण्डाको क्रेट नष्ट गरिएको छ । विभागले रोग देखापरेको क्षेत्रलाई पूर्ण निसंक्रमणसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment