Comments Add Comment

हेटौंडामा हुने शहीद स्मृति गोल्डकपको तयारी पूरा

२६ फागुन, हेटौंडा । कोरोना महामारीपछि उपत्यका बाहिर हेटौंडामा हुन लागेको ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ राष्ट्रिय फुटबलको तयारी पूरा भएको छ ।

हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि मकवानपुरका १० वटा स्थानीय तहले आर्थिक सहयोग गरेको प्रतियोगिताका संयोजक प्रताप विष्टले जानकारी दिए ।

बिहीबारदेखि चैत ७ गतेसम्म हुने प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्रसहित ए डिभिजनका ६ वटा क्लब, एक विदेशी (अफ्रिकन रुटुस एशोसिएसन ढुवल क्यामरुन) क्लब, साविक विजेता मकवानपुर-११ र अन्य दुई मोफसलका टोलीले सहभागिता जनाउनेछन् । बिहीबार हुने उद्घाटन खेलमा घरेलु टोली रिगत हेटौंडा रिसोर्ट मकवानपुर–११ र सिमराको नव जनजागृति क्लब भिड्नेछन् ।

दर्शकलाई प्याराफिटको सुविधा

दर्शकको सुविधाका लागि आयोजकले मैदानमा प्याराफिट निर्माण गरेको छ । मैदानको तीन क्षेत्रमा फलाम र बाँसको सहयोगमा प्याराफिट निर्माण गरिएको हो । मैदानको घेराबार सकिएको छ भने स्टेज निर्माणको काम अन्तिम चरण पुगेको बताइएको छ ।

यसपालि ४ हजार दर्शक क्षमताको फलामे प्याराफिट राखिएको र मैदानमा बसेर हेर्न मिल्ने गरी निर्माण गरिएको मकवानपुर फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफीसहित नगद २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले ट्रफीसहित नगद ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment