
२८ फागुन, बारा । बाराको जितपुरसिमरा–१० मा टाउको नभएको अवस्थामा एउटा शव भेटिएको छ । शुक्रबार भेटिएको शव कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी गौतम मिश्रले अनलाइनखबरलाई बताए ।
प्रहरीका अनुसार स्थानीय एक व्यक्ति १५ दिनदेखि बेपत्ता थिए । उनको शव हुनसक्ने आशंका गरिए पनि पुष्टि भइसकेको छैन ।
२ नं. प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर घटनास्थलमा ल्याएर अनुसन्धान गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4