
गायक प्रदिप कार्की र गायिका बेनिशा पौडेलको स्वरमा ‘सुनै सुनको तिलहरी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत छ ।
यो गीतले सुन र पैसा भन्दा पनि माया ठूलो भएको कुरालाई व्यक्त गर्न खोजेको छ । यो गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले भिडियोलाई कमर्सियल बनाउन खोजेका छन् ।
भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीको जोडीलाई देख्न सकिन्छ । आकाश र उषाको जोडी भिडियोमा गज्जब सुहाएको छ । डान्सिङ नम्बरको यो गीतको भिडियोमा आकाश र उषाको डान्सले पनि दर्शकको मन जित्न सक्छ ।
माधव शर्मा एसोसियट डिरेक्टर रहेको यो भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन, हरि हुमागाँइको छायांकन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4