Comments Add Comment

बुढासुब्बा गोल्डकप विजेताले पुरस्कार पाएनन्, यो वर्ष प्रतियोगिता नहुने

२९ फागुन, विराटनगर । कोरोना महामारीका कारण धरानमा आयोजना हुँदै आएको बुढासुब्बा गोल्डकपको २३औं संस्करण नहुने भएको छ ।

सुनसरीको धरानमा २२ वर्षदेखि निरन्तर हुँदै आएको बुढासुब्बा गोल्डकपको २३औं संस्करण नहुने भएको हो ।

आयोजक धरान फुटबल क्लबले प्रतियोगिताका लागि आर्थिक भार थेग्न नसकेर यो वर्ष २३औं संस्करण सञ्चालन नगर्ने बताएको छ ।

क्लबका अध्यक्ष किशोर राईले गत वर्षकै विजेता उपविजेता टोलीलाई रकम उपलब्ध गराउन नसकेका कारण यो वर्ष प्रतियोगिता आयोजना नगर्ने बताए । गत वर्ष प्रदेश र स्थानीय सरकारले रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । तर अझै रकम उपलब्ध गराएको छैन ।

‘गत वर्षको विजेता टोली र उपविजेता टोलीलाई रकम भुक्तानी गर्न बाकीँ नै छ,’ अध्यक्ष राईले भने, ‘बाचाअनुसार प्रदेश र स्थानीय सरकारबाट सहयोग आएन्, क्लबसँग अन्य आय स्रोत छैन ।’

कोभिड १९ महामारीको पूर्वसन्ध्यामा आयोजित २२औं संस्करणका क्रममा प्रदेश सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने बाचा गरेको थियो । तर, कोभिडका कारण देखाउँदै प्रदेश सरकारले १० लाख रुपैयाँमा कटौती गर्दै ५ लाख रुपैयाँ दिने बताएको थियो । तर मुख्यमन्त्री शेरधन राईले गरेको बाचा अझै पूरा गरेका छैनन् ।

प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख रुपैयाँ उपलब्ध गराउने भने पनि अझै दिएको छैन ।

धरान उपमहानगरपालिकाले समेत उपलब्ध गराउने गरि बाचा गरेको ९ लाख रुपैयाँ पनि नदिएको आयोजकले जनाएको छ । प्रतियोगिता २०५५ सालदेखि निरन्तर हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment