+
+
Shares

ओलीले एमाले सिध्याए : प्रदीप नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २९ गते ११:१९

२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सिध्याउनेतिर अगाडि बढेको नेता प्रदीप नेपालले बताएका छन् । आफू इतर सबै नेतालाई भूमिकाविहीन बनाएर ओलीले एमाले छिन्नभिन्न बनाएको नेपालले बताए ।

ओलीले एमाले सिध्याएको नेपालको बुझाइ छ । ‘जनताको बहुदलीय जनवादको ठीक उल्टो र निरंकुशता भएर निस्कनुभयो, केपी ओली’, उनले अनलाइनखबरसँग भने, ”कमसेकम बस्नुपर्छ, कुरा गर्नुपर्छ । आफ्नो कुरा राख्नुपर्छ नि ।’

अध्यक्ष ओलीले पार्टी नेताहरुलाई अपमान गरेर निरंकशता देखाएको उनले बताए । ‘उहाँहरु -झलनाथ खनाल, माधव नेपालहरु) लाई अपमान गरे । अब एमाले एउटै हुने सम्भावना नै देख्दिनँ’, नेपालले भने ।

अब एमालेको कुनै गुटमा नरहने पनि उनले बताए । ओलीले खनाल-नेपाल समूहका सवै नेतालाई भूमिकाविहीन बनाउने निर्णय गरेका छन् । ओलीको यो कदम लगत्तै इतर समूहले पनि केन्द्रीय कमिटी सदस्य र सांसदहरुको बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?