Comments Add Comment

एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप चैत तेस्रो साता हुने

१ चैत, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराइज एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७७ चैत्र १५ देखि १८ गतेसम्म आयोजना हुने भएको छ ।

दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रित युगल, ब्वाईज तथा गर्ल्स यु – १७ र भेट्रान्स युगल ४५ गरी ८ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

र्‍याङकिङ प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा नेपाल ब्याडमिन्टन संघसँग आवद्ध जिल्ला ब्याडमिन्टन संघ र आवद्ध हुन बाँकी जिल्ला, विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरीबलको एपिएफल क्बलका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् ।

करिब २७ लाखको अनुमानित बजेट रहेको च्याम्पियनसिपमा पुरुष तथा महिला एकलका शीर्ष तीन बिजेताले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै युगलतर्फका शीर्ष तीनले नगद ३० हजार, १५ हजार र ७ हजार ५०० सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै यु-१७ ब्वाईज तथा गर्ल्सका शीर्ष तीन बिजयीले नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।

विश्व ब्याडमिन्टन महासंघको नियमानुसार खेलाइने च्याम्पियनसिपका लागि प्रत्येक जिल्लालाई पुरुष तथा महिला शीर्ष १६ वरीयताबाहेक २ पुरुष र २ महिला कोटा प्रदान गरिएको छ । यस्तै यु-१७ तर्फ पनि प्रत्येक जिल्लाका लागि २ केटा र २ केटीको कोटा प्रदान गरिएको र प्रत्येक टिममा एक जना प्रशिक्षक र एक ब्यवस्थापक रहने छन् ।

कोटामा परेका प्रत्येक खेलाडीह, प्रशिक्षक र व्यवस्थापकले खान बस्नका लागि नगद ८ सय सुविधा प्राप्त गर्ने छन् । कोटाभन्दा बाहेकका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले खान बस्ने व्यवस्था आफु स्वयंले गर्नु पर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment