+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

‘बालबालिकाले सुरक्षित वातावरणमा पढ्न पाउनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते १३:५८

१ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बालबालिकाले सुरक्षित हिसाबले पढ्न नपाए दीर्घकालीन असर पर्ने बताएका छन् ।

आइतबार शिक्षा पत्रकार समाज र आसमान नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘विद्यालयमा सुरक्षित सिकाइ’ विषयक अन्तरक्रियामा नगर प्रमुख सरावगीले विशेषगरी सामुदायिक विद्यालयका बालबालिका सुरक्षित नरहेको बताए ।

शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश र संघ सरकारले स्थानीय तहसँगै समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

‘बालबालिका पहिला, परिवारबाटै पीडित छन् । दोस्रो, बीच बाटोमा नचाहिने व्यवहार हुन्छ । र तेस्रो, स्कुलभित्रको कथा धेरै छ,’ उनले भने, ‘विद्यालयमा उजुरी पेटिका राखिएको तर कसैले उजुरी गरेनन् । यसको मतलब विद्यार्थी डराएका हुन सक्छन् । शिक्षकबाटै विद्यार्थीहरुले मानसिक टर्चरको सामना गरिरहेका छन् ।’ बालबालिकाहरुले सुरक्षित वातावरणमा पढ्न नपाए ‘डिप्रेसन’मा जान सक्ने खतरा उनले औंल्याए ।

पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुनले विद्यालयमा सुरक्षित सिकाइका लागि सरोकारवाला एक हुनुपर्नेमा जोड दिइन् । ‘अभिभावकले केही सिक्छन् भनेर बालबालिकालाई विद्यालय पठाउँछन् । सुरक्षित सिकाइ नहुँदा कुण्ठित र आत्मविश्वास कम भएका विद्यार्थी बन्छन्,’ उनले भनिन्, ‘यस्तो हुन नदिन एक अर्कालाई दोषारोपण गरेर हुँदैन सबै सरोकारवाला एक भएर काम गर्नुपर्छ ।’

कार्यक्रममा सहभागी पालिका शिक्षा समितिका पदाधिकारी, शिक्षा शाखा अधिकारी तथा जनप्रतिनिधिहरुले सुरक्षित सिकाइका लागि आफूहरु गम्भीर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?