+
+

२८ बर्षमा आलिया, करण जोहरको घरमा बर्थडे पार्टी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १३:१५

बलिउड नायिका आलिया भट्ट आजबाट २८ बर्षमा प्रवेश गरेकी छिन् । सन् १९९३ मार्च १५ मा आलियाको मुम्बइमा जन्मिएको हो । निर्देशक महेश भट्ट र सोनी राजदानको कोखबाट जन्मिएकी आलियाले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा पाइला राखेकी हुन् । उनले यो चलचित्रका लागि १६ केजी तौल घटाएकी थिइन् ।

यो चलचित्रका लागि ४ सय यूवतीले अडिसन दिएका थिए । चलचित्रका निर्माता करण जोहरले आलियालाई तौल घटाउन भनेका थिए । आलियाले बाल कलाकारको रुपमा भने सन् १९९९ मा चलचित्र ‘संघर्ष’मा काम गरेकी थिइन् । यसपछि भने आलियाले पछाडि फर्किएर हेर्नु परेको छैन । उनले अभिनय गरेका थुप्रै चलचित्रले बक्स अफिसमा धमाका मच्चाएका छन् ।

आलियाले आफ्नो जन्मदिनको पार्टी भने करण जोहरको घरमा मनाएकी छिन् । आलियाको जन्मदिनमा नायिका दीपिका पादुकोण, नायक रणवीर सिंह, नायक अर्जुन कपुर, नायिका मलाइका अरोरा लगायत पुगेका थिए । आलियाको प्रेम जीवन पनि सधै चर्चामा रहन्छ । उनी, केही बर्षदेखि नायक रणवीर कपुरको प्रेममा छिन् । यसअगाडि उनको नाम नायक सिद्धार्थ मल्होत्रासँग जोडिएको थियो ।

आलियाको जन्मदिनमा नायक रणवीर कपुर भने उपस्थित हुन सकेनन् । उनी, कोभिड पोजिटिभ देखिएपछि आफ्नै घरमा आराम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?