Comments Add Comment

गुल्मीको निजी स्कुलमा विद्यार्थी आकर्षण गर्न नृत्य

३ चैत, गुल्मी । विद्यालयमा विद्यार्थीहरुलाई सिकाइ सहजीकरण गर्ने माध्यमहरु धेरै छन् । तर, गुल्मी सदरमुकाम तम्घासस्थित गण्डकी इङ्लिस बोर्डिङ् स्कुलले विद्यार्थीलाई नृत्यमार्फत आकर्षित गर्ने गरेको छ ।

नृत्यमार्फत विद्यार्थीलाई पढाइप्रति आकर्षण गर्दा पढाइमा राम्रो प्रभाव परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले बताए । विद्यालयले यो शैलीलाई निरन्तरता दिने उनले बताए ।

अभिभावकहरुले पनि नृत्यमार्फत विद्यार्थीको पढाइमा आकर्षण बढेको बताउने गरेका छन् ।

विद्यालयले हरेक दिन २५ मिनेटसम्म विद्यार्थीलाई नृत्य तथा अन्य क्रियाकलाप सिकाउने गरेको छ ।

यो विद्यालयले कक्षा आठमा २०६२ साल देखि ०७१ सम्म जिल्ला प्रथम भएको थियो । त्यस्तै २०७३ सालमा कक्षा दशमा गूल्मी जिल्ला दोस्रो हुन सफल भएको थियो ।

विद्यालयले विद्यार्थीहरुलाई विभिन्न समयमा योगा कक्षासमेत संचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment