Comments Add Comment

काठमाडौं किकर्सले फुटबल क्लिनिक सञ्चालन गर्ने 

३ चैत, काठमाडौं । काठमाडौं किकर्स प्रालिले फुटबल क्लिनिक सञ्चालन गर्ने भएको छ । काठमाडौं किकर्सले मंगलबार पत्रकार सम्मेलन गरी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१० मा रहेको कपअन स्पोर्ट्स सेन्टरमा फुटबल क्लिनिक सञ्चालन हुने जानकारी दिएकाे हाे ।

क्लिनिकका लागि काठमाडौं किकर्सले स्कटिस प्रशिक्षक ली मेनसनलाई समेत अनुबन्ध गरेको छ । मंगलबारै मेनसनलाई सार्वजनिक समेत गरिएको छ ।

अनुभवी प्रशिक्षक मेनसनले स्कटल्याण्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसमा प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । सन् १९९४  देखि प्रशिक्षकको करियर सुरु गरेका उनले एएफसी च्याम्पियन्स लिग र एएफसी कपमा टिम सम्हालिसकेका छन् ।

ग्रासरुटदेखि व्यावसायिक खेलाडीलाई समेत प्रशिक्षण दिने गरी एकेडेमी सञ्चालन गर्न लागिएको काठमाडौं किकर्सले जनाएको छ । त्यसमा मेनसनले प्रशिक्षण दिनेछन् । काठमाडौं किकर्सले  फुटबल क्लिनिक शुक्रबारदेखि सुरु गर्न लागिएको जनाएको छ ।

सुरुवातमा शुक्रबार, शनिबार र आइतबार दैनिक २ घण्टा फुटबल क्लिनिक आयोजना हुनेछ । जसमा ६ देखि ९ वर्ष, १० देखि १३ र १४ देखि १६ वर्ष उमेर समूहका खेलाडीले प्रशिक्षण लिन पाउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment