Comments Add Comment

कांग्रेसले असल अभिभावक गुमायो : देउवा

५ चैत, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका पुराना नेता अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसका नेता एवं मेरा मित्र अशोक कोइरालाको निधनको खबरले निकै मर्माहत भएको छु,’ देउवाले लेखेका छन्, ‘उहाँको निधनले कांग्रेसले एक असल नेता गुमाएको छ ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय अशोक कोइरालाको योगदान शब्दमा व्याख्या गर्न नसकिने बताएका छन् । श्रद्धान्जली व्यक्त गर्दै उनले कोइरालाको योगदानको चर्चा शब्दमा व्याख्या गर्न नसकिने उल्लेख गरेका हुन् ।

‘अशोक कोइरालाको निधनबाट नेपाली कांग्रेसले एक असल र महत्वपूर्ण अभिभावक गुमाएको छ,’ उनले लेखेका छन् ‘नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाका सहोदर भाइ कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको शब्दमा चर्चा गरेर सकिन्न ।’

नेपाली राजनीतिमा कोइराला परिवारका सदस्य अशोक कोइरालाको पनि उत्तिकै योगदान रहेको पौडेलले उल्लेख गरेका छन् ।

नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका ७७ वर्षीय कोइरालाको उपचारका क्रममा बिहीबार बिहान विराटनगरको न्यूरो अस्पतालमा निधन भएको हो ।

प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका कोइराला तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो निर्वाचित मेयर र संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो ।
कोइरालाको मृत्युको शोकमा बिहीबार विराटनगर महानगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment