Comments Add Comment

खेलाडीलाई आर्थिक सहयोग प्रदान

५ चैत, काठमाडौं । विभिन्न खेलका घाइते खेलाडीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारी कोषका अध्यक्ष रमेशकुमार सिलवाले कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरे ।

आर्थिक सहयोग प्राप्त गर्ने खेलाडीहरुमा ब्याडमिन्टनकी विष्णा विष्ट, हक्कीका नरबहादुर चन्द, र एथेटिक्सकी रामेश्वरी महतो रहेका छन् । विष्णाले १ लाख, नरबहादुरले ५० हजार र रामेश्वरीले ५० हजार रुपैयाँ सहयोग रकम प्राप्त गरेका हुन् ।

कोषले प्रदान गरेको रकम खेलाडी विष्णा र नरबहादुरको रकम सचिव एवं प्रशिक्षक रञ्जन थापा र रामेश्वरीको रकम प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङ्गलाई हस्तान्तरण गरिएको छ । खेलको क्रममा विष्णाको घुँडामा लागेको चोटपछि अपरेशन गरिएको थियो । यस्तै नरबहादुरको टाउकोमा समस्या रहेको र रामेश्वरीको थाइराइड क्यान्सर रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय खेलाडीहरुलाई आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्रिय खेलाडी कल्याणकारी कोष स्थापना गरिएको हो । कोषको अध्यक्षमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र कोषको सदस्य सचिवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष रहने व्यवस्था छ ।

कल्याणकारी कोषले कम्तीमा राष्ट्रिय खेलाडी भएको प्रमाणित प्रमाणपत्र प्राप्त खेलाडीहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment