+
+
Shares

रमेश गुप्ताको सम्झनामा रमेश कर्पोरेशनद्वारा नयाँ लोगो सार्वजनिक 

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १९:४२

५ चैत, काठमाडौं । रमेश कर्पोरेशनले नयाँ लोगो सार्वजनिक गरेको छ । विभिन्न १० समूहभित्र स्थापित रमेश कर्पोरेशनले दूरदर्शी संस्थापक इमिरेट्स स्वर्गीय रमेश गुप्ताको विरासतलाई आत्मसाथ र सम्मान गर्न नयाँ लोगोको सुरुवात गरेको जनाएको छ । स्वर्गीय गुप्ताले देखेका उज्ज्वल भविष्य एवं दृष्टिलाई प्रतिविम्बित गर्न नयाँ ब्राण्ड, पहिचान एवं नवीन ट्याग प्रारम्भ गरेको कर्पोरेशनले जनाएको छ ।

रमेश कर्पोरेशन अन्तर्गतको एउटै छत्रछायाँमा विभिन्न क्षेत्रसँग सम्बन्धित कम्पनीहरु समाविष्ट भएका छन् । संस्थापक पिता स्व.रमेश गुप्ताको परिचयबाट सञ्चालित रमेश कर्पोरेशनको नयाँ ट्यागलाइन ‘फर्वाड टुगेदर’ ले वास्तवमा स्वर्गीय गुप्ताले देखेका भविष्य एवं आदर्शलाई आत्मसाथ समेत गरेको छ । यसले सम्पूर्ण ग्राहक, कर्मचारी, लगानीकर्ता तथा इकोसिस्टम पार्टनरहरुको लागि सामूहिक प्रतिवद्धता र दर्शनलाई प्रतिनिधित्व गर्दछ । ब्राण्डको नयाँ लोगोले एकजुटको भावना तथा सामूहिक रुपमा कार्य गरेमा अगाडि बढ्न सकिने शक्ति प्राप्त हुन्छ भन्ने कुरालाई मूर्त रुप दिएको छ ।

‘हाम्रो यो नयाँ सुरुवात हामी सबैका लागि वास्तवमै विशेष हो । किन भने यसले हाम्रो ब्राण्डको विकासको महत्वपूर्ण चरणलाई प्रतिनिधित्व समेत गरेको छ । हामीले हामी को हौ भन्ने कुरालाई हाम्रा बुबाको दर्शन एवं सिद्धान्तहरुलाई आत्मसाथ गर्दै वहाँको दृष्टिलाई आधार मानेर भविष्यलाई आकार दिइरहेका छौं,’ रमेश कर्पोरेशनका उपाध्यक्ष सुशील गुप्ताले भने, ‘फर्वाड टुगेदरको दर्शनको साथ हामी नयाँ उचाइमा पुग्न उत्कृष्ट प्रणालीको स्थापना गर्न चाहन्छौं ।”

‘दीर्घकालीन मूल्यको सिर्जना गर्न हामी सबै साझेदारहरुको साथ अगाडि बढिरहेका छौं । यस यात्रामा हामीलाई साथ र सहयोग दिनुहुने सम्पूर्ण सरोकारवालाहरुलाई विशेष धन्यवाद दिन चाहन्छौं, हामीलाई विश्वास छ कि यहाँहरुको साथ र सहयोग हामीलाई निरन्तर मिलिरहने छ,’ कर्पोरेशनका अर्का उपाध्यक्ष रोहित गुप्ताले भने, ‘हामी यस यात्रामा नवीन उत्साह एवं दृष्टिका साथ अगाडि बढिरहेका छौं । हामी नवीनताको साथ परिवर्तन, सहयोगात्मक सम्बन्ध निर्माण तथा भविष्यलाई मूत्र्तता प्रदान गर्न कर्मचारी, साझेदार वा ग्राहक सबै बीच विश्वास, सम्मान, पारस्परिक विकास तथा उत्कृष्टतामा आधारित भएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?