+
+
WC Series
कर्णाली याक्स 2025
74/3 (12.4)
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

अष्ट्रियाली फिल्ममेकर क्यारोला मायरको उपस्थितीमा काठमाडौंमा ‘हेल वाच’ प्रदर्शन गरिने

सो अवसरमा अस्ट्रियाको विदेश मन्त्रालयले छनोट गरेका ‘१२ प्रभावशाली महिला’ को प्रोट्रेट चित्र प्रदर्शनीमा राखिनेछ । फिल्ममेकर मायर पनि उक्त सूचीमा समावेश छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रियाकी निर्देशक क्यारोला मायरले काठमाडौं आएर अस्कर कलेजमा डकुमेन्ट्री 'हेल वाच' प्रदर्शन गर्नेछिन्।
  • अस्कर कलेजमा मायरले नेपाली मिडिया र फिल्ममेकरसँग छलफल गर्नेछन् र '१२ प्रभावशाली महिला' प्रदर्शनीमा सहभागी हुनेछिन्।
  • मायरको डकुमेन्ट्री प्रदर्शनपछि उनी पोखरा घुमघाममा व्यस्त हुनेछन् र क्यालिओप प्रस्तुति २६ देखि २८ मंसिरसम्म हुनेछ।

काठमाडौं । अस्ट्रियाकी डकुमेन्ट्री तथा छोटो फिल्मकी निर्देशक-निर्मात्री क्यारोला मायर काठमाडौंमा आउने भएकी छिन् । शुक्रबार अस्कर कलेजमा उनी निर्देशित डकुमेन्ट्री ‘हेल वाच’ प्रदर्शन गरिनेछ ।

उक्त फिल्म अष्ट्रियाली लेखक, पर्वतारोही तथा भेडी गोठाले बोडो हेलका बारेमा बनेको काव्यिक पोट्रेट वृत्तचित्र हो । बुधबार काठमाडौं आइपुग्ने उनले शुक्रबारसम्म अस्कर कलेजका कार्यक्रममा भाग लिनेछिन् ।

सोही अवसरमा नेपाली मिडिया र फिल्ममेकरसँग छलफल गर्ने अस्कर कलेजका संयोजक नवनिधि दाहालले जनाए ।

दाहालका अनुसार सो अवसरमा अस्ट्रियाको विदेश मन्त्रालयले छनोट गरेका ‘१२ प्रभावशाली महिला’ को प्रोट्रेट चित्र प्रदर्शनीमा राखिनेछ । फिल्ममेकर मायर पनि उक्त सूचीमा समावेश छिन् ।

वृत्तचित्रको प्रदर्शनी लगत्तै ३ दिने ‘क्यालिओप प्रस्तुति’ को पनि सुरुवात हुने संयोजक दाहालले जनाए । २६ देखि २८ मंसिरसम्म क्यालिओप प्रस्तुति रहने जनाइएको छ ।

आइएमडीबीका अनुसार, मायर निर्देशित डकुमेन्ट्री फिल्महरू प्रिसिअस लिबनसर्ट, लिबेस लिबेन, रे अफ लाइट, वाइल्ड हि आर्ट, स्टोन अफ पिस लगायत चर्चित छन् ।

अस्कर कलेजको कार्यक्रम सकिएपछि मायर पोखरा घुमघाममा ब्यस्त हुनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?