Comments Add Comment

जावा-पेराक आजदेखि नेपालमा सञ्चालित सबै शोरुममा उपलब्ध हुने

६ चैत, काठमाडौं । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले आजबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बजारीकरण शुभारम्भ गरेको छ ।

कम्पनीका अनुसार मोटरसाइकलका शोखिनहरू अब पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न सनेछन् । अग्नि मोटो इंकको सबै शाखा र डिलर भएका स्थानमा टेस्ट राइडका लागि पहुँच प्राप्त गर्न सक्नेछन्, जसका लागि काठमाडौं, विर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवा सम्मिलित रहेको कम्पनीले जनाएको छ ।

जावा मोटरसाइकल नेपालमा गत असोज २७ गते भव्य र नवसिर्जनशील भर्चुअल लन्चिङ प्रस्तुत गरेको थियो । अहिले अग्नि मोटो इंकले नेपालको बजारमा सबैभन्दा धेरै चर्चित र पर्खाइ रहेको जावा पेराक ल्याइ, सम्पूर्ण नेपालमा आफ्ना शाखा र डिलर भएको स्थानमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जावा पेराक बीएस–सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनसहित आएको छ, जुन ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्न सक्षम छ । यो जावा र जावा फोर्टी–टु मोटरका तुलनामा ठूलो बोरका कारणले यो अधिक शक्तिशाली रहेको र यो इन्जिन सिक्स स्पिड ट्रान्समिसनसँग जोडिएको कम्पनीले जनाएको छ ।

‘स्टाइलअनुसार पेराक बबर बाइक हो । यो मोटरसाइकल ट्वीटेड चेसिस चेसिस र स्विङ आर्मसहितको कम र लामो आकर्षक आकारको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बबर सौंदर्यशास्त्रलाई ध्यानमा राखेर जावा पेराकसँग फ्लोटिङ सिंगल सीट छ, जसको मुनि गोलो ब्रेकलाइट छ । यसबाहेक, पेराकमा बार–एन्ड मिरर, काटिएको फेन्र्डर्स र काटिएको निकासा पाइप (चप्ड फेन्र्डर्स र चप्ड पाइप) तथा र त्रिकोणीय उपकरण बक्स समावेश गरिएको छ ।’

पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोक्र्स रहेको, पछाडि मोनोशक सस्पेन्सन रहेको, दुवै पाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको र जावा पेराकमा डुअल च्यानल एबीएस पनि रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जावा पेराकको सुरुवाती मूल्य रु ७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

बजारीकरण शुभारम्भ कार्यक्रममा जावा मोटरसाइकल, नेपालका महाप्रबन्धक शरद मिश्रले भने, ‘सम्पूर्ण नयाँ पेराक मोटरसाइकलहरू यस पूर्ववर्ती मोडेलहरू–जावा र जवा फोर्टी टु–भन्दा बिलकुलै फरक देखिन्छन् । यो विभिन्न कारणले मोटरसाइकल ध्यानाकर्षण गराउन सक्नेछ भन्नेमा हामीले विश्वास लिएका छौं ।’

पेराक नेपाली बजारमा सफल हुने बताउँदै उनले सहरी सडक एवं राजमार्गमा चलाउन निकै रोमाञ्चक हुने र विशेष गरी युवा तथा मोटरसाइकल प्रेमीमाझ सफल हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment