+
+

भक्तपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ७ गते २०:२१

७ चैत, भक्तपुर । सूर्यविनायक नगरपालिका–१० चितापोलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बा ४ ख ९८१० नम्बरको टिपरले मे ८ प ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोलुखुम्बु घर भई काठमाडौं, हात्तिगौंडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि बसेकी उनी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मोटरसाइकल चालक सीताका छोर प्रकाशलाई भने केही भएको छैन । टिपर चालक सिन्धुपाल्चोकका २३ वर्षीय सुनिल तामाङ प्रहरी नियन्त्रणमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?