+
+
Shares

बच्‍चाको कानमा संक्रमण कम गर्ने घरेलु उपाय

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ९ गते १२:१९

शिशु र साना बच्चाहरूमा कानको संक्रमण वा पीडा सामान्य कुरा हो । अक्सर तपाईंले देख्नुभएको हुन सक्छ कि केटाकेटीहरू धेरै रोइरहेका हुन्छन् वा उनीहरूको कान समातेर तानिरहेका हुन्छन् । तर धेरैले बच्चाको लागि समस्या के हो भन्ने थाहा हुँदैन । यस प्रकारको पीडा प्रायः १८ महिनासम्मको उमेरका शिशुहरूमा देखिन्छ । यो कुनैपनि उमेर समूहका मान्छेमा हुन सक्छ । केटीहरूको तुलनामा केटाहरूमा संक्रमण हुने सम्भावना बढी हुन्छ । यद्यपि यसको कारण पत्ता लागेको छैन । यदि तपाईंको बच्चा वा तपाईं वरिपरिका बच्चाहरूसँग केही यस्तो हुँदैछ भने तब यो लेख तपाईंको लागि धेरै महत्त्वपूर्ण हुन सक्छ।

बच्चाको कानको सही उपचार

यदि तपाईंको बच्चा कानमा हुने दुखाइको कारण रोइरहेको छ वा कानलाई बारम्बार कन्याइरहेको देखियो भने कानमा संक्रमण भएको हुन सक्छ । यसको घरेलु उपचार पनि पाइन्छ । यसको लागि इलेक्ट्रिक हिटिङ प्याड पनि प्रयोग गर्न सकिन्छ । यो बच्चाको कानमा दुखाइ कम गर्नको लागि एउटा उपयुक्त उपाय हो ।

कानभित्रको फोहोर कसरी निकाल्ने

यदि तपाईंको बच्चाको कानबाट कुनै तरल पदार्थ बाहिर आएको छ भने वा बच्चालाई कानमा दुखाइ भइरहेको छ भने कानमा मनतातो जैतुनको तेल वा तिलको तेल लगाउन सकिन्छ। यसरी कानभित्रको संक्रमण र फोहर सजिलै हटाउन सक्नेछ ।

बच्चालाई पर्याप्त मात्रामा तरल पदार्थ आवश्यक

बच्चाको कानमा संक्रमणको कारण पानीको मात्रा कम हुन सक्छ। यस्तो अवस्थामा बच्चा धेरै रून्छ र त्यही कारणले शरीरको ऊर्जा र पानीको अधिक प्रयोग हुन्छ। यस्तो अवस्थामा बच्चालाई पर्याप्त मात्रामा तरल पदार्थ खुवाउनुपर्छ।

आयुर्वेदिक उपचार

तपाईं बच्चाको कानमा हुने समस्या समाधानका लागि आयुर्वेदिक उपचार समे‍त गर्न सक्नुहुन्छ । जस्तै लसुन, जैतुनको तेल, सर्स्युको तेल, तुलसीको रस आदि तपाईंको बच्चाको कानको संक्रमणको उपचार गर्नमा सहयोगी हुन सक्छ । यी सबै उत्पादनहरूले कानको दुखाइ र पीडा पूर्ण रूपमा निको पार्छ ।

स्तनपान महत्त्वपूर्ण छ

शोधका अनुसार आमाको दूध बच्चालाई सही पोषणयुक्त खाना हो । साथसाथै बच्चाको रोग प्रतिरोध क्षमता बढाउँछ। त्यसकारण हरेक आमाले कम्तीमा १२ महिनासम्म आफ्नो बच्चालाई खुवाउनुपर्छ। आमाको दूधमा रहेको एन्टिबडीहरूले तपाईंको बच्चालाई कानको संक्रमणबाट बचाउन सक्छ।

प्रदूषणबाट टाढा राख्नुहोस्

यदि तपाईं बच्चाको कान स्वस्थ भएको हेर्न चाहनुहुन्छ भने दिमागमा राख्नुहोस् कि बाहिरी प्रदूषणको कारण उसले कुनै समस्या सामना गरिरहेको छैन। यस समयमा बच्चा घामको तेज साथै धुवाँबाट समेत जोगिनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?