
९ चैत, काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
ग १ ख ६४४७ नम्बरको बसले प्रदेश २–०३–०११ प ७८७९ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ बागमती डाँडाटोलका ३४ वर्षीय कुमार लुङ्गेलीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रपुरस्थित चपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने २७ वर्षीय जयबहादुर दर्लामीको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4