Comments Add Comment

कोभिडका कारण सिटीईभीटीको परीक्षा छुटेका विद्यार्थीले पुनः दिन पाउने

९ चैत, काठमाडौं । कोभिड १९ संक्रमित भइ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम (सीटीईभीटी) परीक्षा दिन छुटेका विद्यार्थीले परीक्षा दिन पाउने भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यलयले सूचना जारी गर्दै संक्रमित भइ परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई यही चैत २३ गते कार्यलय समयभित्र निवेदन दर्ता गर्न आह्वान गरेको छ ।

परीषद्ले गत कार्तिक-मंसिर महिनादेखि फागुण चैत महिनासम्म भएको डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक, सेमेष्टर तथा प्रि–डिप्लोमा तहको नियमित तथा आंशिक परीक्षा संचालन गरेको थियो । संक्रमित भई नियमित , आंशिक परीक्षा दिन नपाएका विद्यार्थीहरुलाई पुनः परीक्षा आवेदन भर्ना आज सूचना जारी गरेको हो ।

सीटीइभीटीको परीक्षा नियन्त्रण कार्यालयले आज जारी गरेको सूचनामा सम्बन्धित विद्यार्थीको निवेदन र शिक्षण संस्थाले व्याहोरा खुलाई गरेको सिफारीस पत्र, परीक्षा सञ्चालन भएको समयमा कोभिड १९ संक्रमण भएको र त्यस पश्चात संक्रमण मुक्त भएको ल्याबको रिपोर्ट सहित प्रदेश कार्यलयमा दर्ता गराउन भनिएको छ ।

साथै विद्यार्थीको परीक्षाको प्रवेश पत्र संलग्न गराई निवेदन दिन सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment