+
+
Shares

४ हजार ३२ नमुना परीक्षण गर्दा १८८ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १० गते १८:०७

१० चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनाको नमुना परीक्षण गर्दा १८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । तीमध्ये मंगलबार थप ७७ सहित २ लाख ७२ हजार ९७ जना निको भएका छन् भने ३ हजार १९ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर १ हजार १२८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । केही दिनयता सरकारले कोरोना परीक्षण बढाएसँगै संक्रमितको संख्या पनि बढ्न थालेको छ । भारतमा कोरोना संक्रमणको दर बढेसँगै सीमा नाका सतर्कता अपनाउनसमेत थालिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?