Comments Add Comment

अन्तरकलेज खो खो प्रतियोगिता हुने

१० गते, काठमाडौं । प्रथम काठमाडौं जिल्लाव्यापी अन्तरकलेज खो खो प्रतियोगिता यही चैत २० गतेदेखि हुने भएको छ ।

काठमाडौं जिल्ला खो खो संघ र कीर्तिपुर नगरपालिका वडा नम्बर १० को संयुक्त आयोजनामा हुने प्रतियोगितामा छात्र-छात्रामा समान ५/५ गरी १० टिमको सहभागिता रहने मंगलबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनका अनुसार दुवै समूहमा सहभागीले पहिले एकापसमा राउन्ड रोविन लिगका आधारमा खेल्नेछन् । शीर्ष चार टिम सेमिफाइनलमा पुग्ने छन् ।

दुईदिने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा हुनेछ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोको प्रतिस्पर्धा उक्त कभर्डहलमा भएको थियो । १३ औं सागमा नेपालले महिलामा रजत र पुरुषमा कास्य पदक जितेको थियो ।

२०४६ सालको जनआन्दोलनको क्रममा चैत २० गते मृत्युवरण गरेका शहीद राजेन्द्र महर्जन, राजमान माली, हीराकाजी महर्जन र लनबहादुर महर्जनको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल खो खो संघको प्राविधिक सहयोग रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment