
११ चैत, जनकपुरधाम । मोटरसाइकलको ट्यांकीभित्र लागुऔषध लुकाएको अवस्थामा सर्लाही प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
नबलपुर-मलंगवा सडकखण्डअन्तर्गत हरिपुर नगरपालिका ४ बाट विशेष सूचनाको अधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको तेल ट्यांकीमा लागुऔषध लुकाएको अवस्थामा एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मलंगवाबाट नबलपुरतर्फ आउँदै गरेको बीआर३०एफ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा तेल ट्यांकीमा लुकाई राखेको क्लोरफेनिरेमाइन माइलिट ७ थान, कोडिन फस्फेट सिरप-वाइनक्यारेक्स लेखिएको ५९ बोतल फेला परेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।
तेल ट्यांकीमा लागुऔषध लुकाउने मोटरसाइकल चालक बागमती नगरपालिका ४ बस्ने ४० वर्षीय आइते लामालाई नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य भइरहेको प्रवक्ता कुँवरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4