Comments Add Comment

श्रीमानसँगै होटलमा बसेकी महिला मृत भेटिइन्

११ चैत, जनकपुरधाम । जनकपुरस्थित एक होटलमा श्रीमानसँगै बसेकी महिला होटल नजिकै मृत भेटिएकी छन् ।

जनकपुरधाम उप-महानगरपालिकास्थित रमानन्द चोकमा रहेको सर्लाही होटेल एण्ड गेष्ट हाउसको पाँचौँ तल्लामा रहेको कोठा नम्बर २०५ मा श्रीमानसँगै बसेकी महिला होटल बाहिर मृत फेला परेकी हुन् ।

म्याग्दीको मेलानी गाउँपालिका-७ बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपाली  श्रीमान् विश्वास श्रीपालीसँगै दुई दिनअघि होटलमा आएर बसेकी थिइन् ।

उनी होटल छेउमा रहेको हिलो जमेको ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

दुई साताअघि वैदेशिक रोजगारबाट फर्केका श्रीमानसँग उनी यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन आएको बुझिएको प्रहरीले जनाएको छ ।

श्रीमानसँगै होटलमा सुतेकी उनी हाम फालेर आत्महत्या गरेकी हुन् कि कसैले खसाएको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment