+
+
Shares

भारत गएका नेपालीहरु गौरीफन्टा नाकाबाट घर फर्किदै

रामहरि ओझा रामहरि ओझा
२०७७ चैत ११ गते १८:१५

चैत्र ११, डोटी । भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि रोजगारीका लागि भारत पसेका नेपालीहरु फर्किन थालेका छन् ।

भारतबाट स्वदेश फर्किने नेपालीहरुको सिमा नाकाहरुमा भिडभाड देखिन थालेको छ । बुधबार मात्रै कैलाली कञ्चनपुरको सीमा नाका गौरीफन्टाबाट सयौँको संख्यामा स्वदेश भित्रिएका छन् । रोजगारीका लागि भारत गएकाहरू स्वदेश फर्कने क्रम बढेपछि सुदूरपश्चिममा पुनः कोरोना संक्रमण फैलिने जोखिम बढेको छ।

कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक एक हजारको हाराहारीमा नेपाली भित्रिरहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमरबहादुर थापाले बताए। यी दुई नाकाबाट विगत १० दिनमा सात हजार बढी भित्रिएको प्रहरीले जनाएको छ।

भारतबाट फर्किका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भारतसंग सिमा जोडिएका चार जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरेको छ ।

कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा स्थापना भएको हेल्थ डेस्कमार्फत एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताए।

बुधबार बिहान गरिएको एन्टिजेन परीक्षणमा कैलालीका दुई जनामा कोरोना संक्रमण देखिएको नाकामा खटिएका स्वास्थ्यकर्मी गणेशबहादुर साउदले बताए । भारतबाट स्वदेश फर्किने सबैको नाकामा स्वास्थ्य परीक्षण हुन सकेको छैन।

कोरोना संक्रमण बढ्न थालेका भारतीय शहरहरुबाट पनि नेपाली फर्किरहेका छन् । सावधानी नअपनाए सुदूरपश्चिममा संक्रमणले विगतको भन्दा भयावह रूप लिन सक्ने निर्देशक अवस्थीले बताए।

‘अहिले नयाँ प्रजातिको कोरोना भाइरस देखा परिरहेको छ। त्यसको संक्रमण र मृत्यु दर बढी छ।’ उनले भने, ‘सुदूरपश्चिममा भित्रिए स्थिति जटिल बन्‍न सक्छ। समयमै सावधानी अपनाउन आवश्यक छ।’ नाकामा परीक्षण र परीक्षणबाट संक्रमित देखिएकाहरूलाई कहाँ, कसरी राख्ने भन्ने विषयमा सरकारले चाँडै निर्णय गर्नुपर्ने उनले बताए।

भारतबाट फर्किनेहरूको परीक्षण गर्न सम्बन्धित स्थानीय तहहरूलाई एन्टिजेन पठाइएको प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए। उनले सवैलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?