+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हसिनाद्वारा दक्षिण एसियाली नेतालाई मिलेर काम गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १२:४०

१२ चैत, काठमाडौँ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले दक्षिण एसियाली मुलुकका नेता र नीति निर्मातलाई एक आपसमा मिलेर काम गर्न आग्रह गरेकी छन् ।

ढाकामा भएको एक कार्यक्रमलाई सम्बोधन गदै हसिनाले दक्षिण एसियाली मुलुकका नेता र नीति निर्माताले आपसी सहकार्य गरेमा यस क्षेत्रका जनताले जीवन स्तरमा सुधार ल्याउन सकिने बताइन् । उनले दक्षिण एसियाली मुलुकसँग भएको स्रोतको राम्रो उपयोग गर्नुपर्ने समेत बताइन् ।

पछिल्लो दुई हप्तामा दक्षिण एसियाली मुलुकका सरकार र राज्य प्रमुखले श्रंखलावद्ध रुपमा बंगलादेशको भ्रमण गरिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर मंगलबार फर्केकी छन् ।

अहिले भुटानका प्रधानमन्त्री बंगलादेशको भ्रमणमा छन् । भोलि भारतीय प्रधानमनत्री नरेन्द्र मोदी बंगलादेशको भ्रमणमा जाने कार्यक्रम छ । यसअघि अन्य दक्षिण एसियाली मुलुकका प्रमुखले बंगलादेशको भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?