+
+

नेपाल समूहका ४ नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १६:४५

१२ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने भएका छन् ।

चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेकाे केन्द्रीय कमिटी बैठकले नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम  भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

त्यसपछि गत आइतबार महासचिव ईश्वर पोखरेलले उनीहरुलाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टीकरण माग गरेका थिए । नेपाल समूहका चार जना नेताले पत्रको जवाफ छुट्टाछुट्टै बुझाउने तयारी गरेको एक नेताले बताए । उनका अनुसार, जवाफी बिहीबार नै पठाउने तयारी भएको छ ।

‘अबेरसम्म पत्र पठाउने तयारी छ, अहिले नेताहरु पत्र लेख्दै हुनुहुन्छ’, ती नेताले भने । तर, पत्र तयार नभए भोलिसम्म पठाइने सम्भावना छ । जवाफसँगै नेपालसहितका नेताहरुले ओलीसँग पनि प्रश्न गर्ने तयारी गरेको छ ।

स्पष्टीकरण माग गरेको पत्र पाएपछि मंगलबार नेपाल समूहका स्थायी कमिटीका केही नेताहरु दिनभर छलफलमा बसेका थिए । शुक्रबार नेपाल समूहले उपलब्ध केन्द्रीय सदस्यहरुको छलफल राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?