+
+

अनेरास्ववियू क्रान्तिकारी ब्यूँतियो, चैत १४ गते केन्द्रीय कमिटीको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १८:३२

१२ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतिएको छ । सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई ब्‍यूताइदिएपछि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतिएको हो ।

बिहिबार केन्द्रीय कार्यालय वागबजारमा बसेको अनेरास्ववियू (क्रान्तिकारी) को पदाधिकारी बैठकले केन्द्रीय कमिटी ब्यूँताउने निर्णय गरेको माओवादी केन्द्र क्रान्तिकारीका अध्‍यक्ष रञ्‍जित तामाङले जानकारी दिए। उनले अनलाइनखबरसँग भने, ‘सर्वोच्‍चको फैसलाले माउ पार्टी ब्‍यूतिएपछि हामीले पनि साबिककै अनेरास्ववियू (क्रान्तिकारी) को नेतृत्व लिने निर्णय गर्‍यौं । ‘

यस्तै अनेरास्ववियू (क्रान्तिकारी ) ब्युंतिएपछि पुरानै पदाधिकारी टोली पनि पुनर्जीवित भएको छ ।  जस अनुसार अध्यक्षमा रञ्जित तामाङ , उपाध्यक्षमा सुरेन्द्र बस्नेत , दिपक देवकोटा , तिलकराज भण्डारी , विजय गौतम , पञ्चा सिंह , दिपेश पुन , इन्द्र भुषाल , रविकिरण यादव र महासचिवमा उत्तम अधिकारी रहेका छन् ।

यसैगरी उपमहासचिवमा जिपि मैनाली र तुकमान महरा रहेका छन् । सचिवमा नरेश रेग्मी , पवन कार्की , मदन भट्टराई , सुर्यनारायण शाह , क्षितिज सापकोटा , नारायण खनाल , अम्मरराज शाही , राजकुमार लिम्बू , अच्युत भट्ट , गजेन्द्र देव , प्रविणा अधिकारी , मदन भुल र कोषाध्यक्षमा केशव रावल रहेका छन् ।

चैत्र १४ गते काठमाडौंमा वस्ने क्रान्तिकारीको केन्द्रीय कमिटीको विस्तारित वैठकवाट नयाँ परिस्थितिमा संगठनले लिनुपर्ने थप योजना र कार्यक्रम ल्याउने उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

उनले भने, ‘ चैत १४ गते विस्तारित वैठकमा केन्द्रीय समितिका सदस्यहरु र सबै जिल्लाका संयोजक र सहसंयोजक सहभागी हुने गरी पत्र पठाएका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?