+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
६९ बलमा ६७ रन आवश्यक
लुम्बिनी लायन्स 2025
45/1 (8.3)
Shares

आठ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १५ गते १९:३८

१५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु आठ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकका अनुसार २८ दिने अवधिका लागि रु पाँच अर्ब बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको छ ।

सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ । यस्तै रु १० करोड बराबरको टे«जरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ ।

यस्तै १८२ दिनका लागि रु तीन अर्ब बराबरको बिल बिक्री गरिनेछ । उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही चैत ९ गते रु १५ अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?