+

त्रिदेशीय कप फाइनल हेर्न १ हजार र २ हजारको टिकट

२०७७ चैत  १६ गते १४:२८ २०७७ चैत १६ गते १४:२८
त्रिदेशीय कप फाइनल हेर्न १ हजार र २ हजारको टिकट

१६ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय कप फुटबलको फाइनल खेल हेर्न  लागि टिकटको मूल्य वृद्धि गरेको छ ।

त्रिदेशीय कपको फाइनलमा सोमबार नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा खेल हुँदैछ । यो खेल हेर्न भीआईपी प्याराफिटको टिकट मूल्य २ हजार र साधारण प्याराफिटको टिकट मूल्य १ हजार रुपैयाँ तोकिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

यसअघि त्रिदेशीय कपको पहिलो चरणको खेल हेर्न भीआईपीतर्फ १५०० र साधारणतर्फ ७०० रुपैयाँ टिकट मूल्य राखिएको थियो ।

किर्गिस्तान यू-२३ टिमसमेत सहभागी प्रतियोगितामा बंगलादेश र नेपाल शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् । फाइनल खेल नेपाली समयअनुसार साँझ ५:३० बजे सुरु हुनेछ ।

समूह चरणमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । समूह चरणको दुवै खेलमा गो गर्न नसकेको नेपाल फाइनलमा गोल गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रदैँछ ।

खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय