+
+

अर्घाखाँचीमा नेपाल पक्षका तीन नेता पार्टीबाट निष्कासित

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते १४:३४

१६ चैत,बुटवल । नेकपा एमालेले समानान्तर जिल्ला कमिटी गठन गर्न नेतृत्व गरेका माधव नेपाल पक्षका तीन नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

नेकपा एमालेका सचिवालय सदस्य रामबहादुर चौहान,संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई निष्कासित गरेको हो ।

जिल्ला कार्यालय सन्धिखर्कमा सोमबार बसेको बैठकले पार्टी हित विपरीत विभाजनकारी गतिविधिमा संलग्न रहेको भन्दै तीनैजनालाई पार्टीको संगठित सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको एमाले अर्घाखांची अध्यक्ष चेतनारायण आचार्यले बताए ।

चौहान एमालेका तत्कालीन जिल्ला सचिव थिए । पार्टीविरोधि गतिविधिमा संलग्न अन्यलाई स्पष्टिकरण सोधिने जिल्ला अध्यक्ष आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

शनिबार मात्रै चौहानको नेतृत्वमा ७० सदस्यीय समानान्तर कमिटी घोषणा भएको थियो । पार्टीबाट निष्कासित चौहानले कारवाहीले आफूहरुको पार्टी पुनर्गठन अभियान नरोकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?