
१८ चैत, काठमाडौँ। भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडालाई कोरोना संक्रमण पुष्टि भएको छ । समाजिक सञ्जालमार्फत उनले आफू र पत्नीलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘म र मेरी पत्नी चेन्नामा कोभिड १९ पोजिटीभ भएका छौँ। हामी दुवै बाँकी परिवारका सदस्यसँगै आइशोलेशनमा बसेका छौ।’
My wife Chennamma and I have tested positive for COVID-19. We are self-isolating along with other family members.
I request all those who came in contact with us over the last few days to get themselves tested. I request party workers and well-wishers not to panic.— H D Devegowda (@H_D_Devegowda) March 31, 2021
उनले आफूसँग विगत केही दिनयता भेटेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । साथै आफ्नो पार्टी र कार्यकर्ताहरुलाई नआत्तिन समेत उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया 4