Comments Add Comment

‘दुई वर्षपछि फेरि बढ्दैछ आईएसको गतिविधि’

१८ चैत, काठमाडौं । आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) को गतिविधि पुनः बढ्न थालेको भन्दै विश्वका विदेशमन्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । सिरियामा पराजित भएको दुई वर्षपछि आईएसले पुनः आतंकवादी आक्रमण शुरु गरेको उनीहरुले बताएका छन् ।

‘इस्लामिक स्टेटविरुद्ध विश्वव्यापी संगठन’ को भर्चुअल बैठकमा विदेशमन्त्रीहरुले केही समययता अफ्रिकाका मुलुकमा भएको आक्रमणबारे पनि चिन्ता गरेका छन् । केही दिनअघि मात्र मोजाम्बिकको पल्मा सहरमा भएको चरमपन्थी आक्रमणमा दर्जनौंको मृत्यु भएको थियो ।

मंगलबार बेल्जियम र अमेरिकी विदेशमन्त्रीको अनुरोधमा आईएसविरुद्धको विश्वव्यापी गठबन्धनको भर्चुअल बैठक भएको थियो । संगठनको बैठकमा नेटोका महासचिव पनि सहभागी थिए ।

बैठकमा उपस्थित नेताहरुले चरमपन्थी आक्रमणको जोखिममा पूर्वी र पश्चिमी अफ्रिकी मुलुक रहेको बताएका थिए । सन् २०१९-२०२० मा यो क्षेत्रमा चरमपन्थी आक्रमण एक तिहाइले बढेको छ । ‘इस्लामिक स्टेटविरुद्ध विश्वव्यापी संगठन’मा विश्वका ८३ मुलुक सामेल छन् । यसमा अमेरिका, अष्ट्रेलियाका साथै धेरै युरोपेली तथा अफ्रिकी मुलुक पनि छन् ।

पछिल्लो समय पूर्वी अफ्रिकी मुलुकमा आतंकवादी आक्रमण बढ्दो छ । त्यस्तै इराक र सिरियामा पनि आईएसले आफ्नो सञ्जाल पुनः स्थापित गर्न सफल भएको विश्वव्यापी संगठनको दाबी छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment