Comments Add Comment

‘विक्रम वेधा’को रिमेकका लागि सैफले लिए १२ करोड पारिश्रमिक

नायक सैफअली खानले चलचित्र ‘तानाजी’मा खलपात्रको रुपमा अभिनय गरेपछि उनलाई दर्शकले यस्तै भूमिकामा रुचाउन थालेका छन् । सायद, यहीकारणले पनि हुनसक्छ बलिउड मेकरले पनि उनलाई खलपात्रको भूमिकामा अफर गर्न थालेका छन् ।

सैफले नायक प्रभाषको मुख्य भूमिका रहने चलचित्र ‘अधीपुरुष’मा पनि रावणको भूमिका निर्वाह गर्दैछन् । उनै, सैफ साउथको हिट चलचित्र ‘विक्रम वेधा’को रिमेकमा काम गर्दैछन् । यो चलचित्रमा विक्रमको भूमिकामा नायक ऋतिक रोशनले काम गर्ने पक्का भैसकेको छ । चलचित्रमा सैफ वेधाको भूमिकामा देखिदैछन् ।

आफ्नो बढ्दो क्रेजलाई ध्यानमा राख्दै सैफले यो चलचित्रका लागि १२ करोड पारिश्रमिक लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सैफले चलचित्रको कथा र आफ्नो भूमिकालाई हेरेर पारिश्रमिक लिन थालेका छन् । यो चलचित्रलाई पुष्कर र गायत्रीले निर्देशन गर्दैछन् । रिलायन्स इन्टरटेन्मेन्ट र निरज पाण्डेले यो चलचित्रको निर्माण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment