Comments Add Comment

ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको मृत्यु, ७२ जना घाइते

Photo Credit : Reuters

२० चैत, काठमाडौं । शुक्रबार पूर्वी ताइवानको एक सुरुङमा रेल दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने ७२ यात्रु घाइते भएको त्‍यहाका सरकारी अधिकारीहरुले बताएका छन् ।

घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय समय अनुसार साढे नौ बजे हुवालियनको उत्तरी क्षेत्रमा रहेको एक सुरुङमा रेल लिकभन्दा बाहिर गएर दुर्घटना भएको ताइवानको रेलवे एड्मिनिस्ट्रिेसनले जनाएको छ ।

प्रहरीका अनुसार रेलमा ३५० यात्रुहरु सवार थिए, जसमध्ये अझै धेरै यात्रुहरु रेलमा च्यापिएको हुन सक्ने आशंका छ । ताइवानका यातायात मन्त्री लिन चिआ लङले उद्धारमा खट्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । करिब एक सय मानिसको सकुशल उद्धार गरिएको छ ।

प्रारम्भिक अनुसन्धानमा रेलको आउने बाटोमा गाडीहरु राखिएको कारण रेल लिकभन्दा बाहिर भएको हो । दुर्घटना भएको क्षेत्र ताइवानको लोकप्रिय पर्यटन स्थल हो । यो ताइवानको चार दशकयताकै सबैभन्दा ठूलो रेल दुर्घटना हो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment