+
+
Shares

आहा रारा गोल्डकपमा खेल हेर्दै खानेकुरा अर्डर गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २० गते १७:१५

२० चैत, काठमाडौं । फुडमाण्डु नेपालको अग्रणी तथा प्रमुख फुड डेलिभरी कम्पनी फुडमाण्डु आहा रारा गोल्डकपको आधिकारिक फुड डेलिभरी पार्टनर भएको छ । पोखरामा वार्षिकरुपमा आयोजना हुने आहा रारा गोल्डकपमा फुडमाण्डुले रंगशालाभित्रै आफ्ना ग्राहकहरुलाई मनपरेको खानाको अर्डरअनुसार फुड डेलिभरी गर्नेछ ।

हाल पोखराका ५० भन्दा बढी रेस्टुरेन्ट तथा होटलहरुसँग सहकार्य भइरहेको फुडमाण्डुले जनाएको छ । फुटबल प्रेमीहरुलाई खेल अवधिभर उनीहरुको मनोरन्जनमा मनपर्ने खानेकुराहरुका साथमा स्टेडियममा नै सेवा उपलब्ध गराउने उदेश्यका साथ पार्टनरसिप गरिएको फुडमाण्डुले जनाएको छ ।

‘हामीले नेपालमै पहिलो पटक खानेकुराहरु रेस्टुरेन्टबाट सिधै स्टेडियममा उपलब्ध गराउँदैछौं,’ फुडमाण्डुका ब्राण्ड सेल्स एण्ड मार्केटिङ प्रमुख श्याम रत्न मालीले भने,’ ‘ यसले फुटबल खेल हेर्न जाने दर्शकहरुलाई समेत सजिलो हुनेछ भने खेल र खानेकुराको संयोजनले थप मनोरञ्जन समेत गराउनेछ ।’ कम्पनीले खेल हेर्न जाने दर्शकहरुको रुचीअनुसारको फुड आइटमहरु आफ्नो प्लेटफर्ममार्फत उपलब्ध गराउने उनले बताए ।

कम्पनीले आहा रारा गोल्डकप प्रतियोगिताका लागि स्टेडियमको अग्रस्थानमा आहा फुड पिकअप स्टेशन स्टल राख्ने उनले बताए । उनका अनुसार सोही स्टलबाट ग्राहकहरुले अर्डर लिन वा फुडमाण्डुको बारेमा थप जानकारी हासिल गर्न सक्नेछन्।

यही अवसर पारेर फुडमाण्डुले आफ्नो एप पहिलो पटक डाउनलोड गरेर चलाउने ग्राहकहरुलाई अर्डरमा अधिकतम रु ५०० सम्म वा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?