Comments Add Comment

ट्राफिक सिग्नलमा रातो र हरियो दुवै बत्ती बलेपछि …

२० चैत, काठमाडौं । ट्राफिक सिग्नलमा रातो बत्ती बले सवारी-साधन रोक्ने र हरियो बले हिँड्ने नियम छ । तर, हरियो र रातो एकैपटक बल्यो भने के गर्ने ? आजभोलि काठमाडौं उपत्यकामा सवारीसाधन चलाउने चालकले यस्तै समस्या व्यहोरिरहेका छन् ।

बिहीबार साँझ बानेश्वर चोकमा यस्तै भयो । एकै पटक दुईथरी संकेत दिने बत्ती बलेपछि चालक अलमलमा परे ।

तर, अगाडि विजुलीबजारतिर जाने सवारी-साधन नरोकिएकाले शंखमुलपट्टिबाट बानेश्वर जाने गाडी रोकिए ।

ट्राफिक महाशाखाका प्रमुख जनक भट्टराईले प्राविधिक समस्याले त्यस्तो हुन गएको बताए । ‘दुवै लाइट त बल्नु नपर्ने हो, त्यस्तो भइरहेको छ भने म मर्मत गर्नलाई भन्छु’, उनले अनलाइनखबरसँग भने, ‘यो मर्मत गर्ने जिम्मेवारी यातायात कार्यालयको हो ।’

उनका अनुसार उपत्यकाका ३१ ठाउँमा ट्राफिक लाइट राखिएका छन्, तीमध्ये ५ वटा बिग्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment