+

म्यानचेष्टर सिटी र लिभरपुल विजयी

२०७७ चैत  २२ गते १२:१६ २०७७ चैत २२ गते १२:१६
म्यानचेष्टर सिटी र लिभरपुल विजयी

२२ चैत, काठमाडौं । म्यानचेष्टर सिटी र लिभरपुल प्रिमियर लिगको पछिल्ला खेलमा विजयी भएका छन् । शनिबार राति भएको खेलमा लिग लिडर म्यानचेष्टर सिटीले तेस्रो स्थानको लेस्टर सिटीलाई २-० ले पराजित गर्दे उपाधि होड मजबुत बनाएको छ ।

अब लिगमा ७ खेल खेल्न बाँकी रहेको सिटीले चार खेल जितेमा उपाधि जित्नेछ ।

लेस्टरको मैदानमा भएको खेलमा सिटीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । बेन्जामिन मेन्डीले ५८औं र गाब्रीएल जेससले ७४औं मिनेटमा गोल गरे ।

जितपछि सिटीले ३१ खेलबाट ७४ अंक जोडेको छ । लेस्टरको ३० खेलबाट ५६ अंक छ ।

यस्तै डिएगो जोटाको दुई गोल मद्धतमा लिभरपुलले आर्सनललाई उसैको मैदानमा ३-० ले पराजित गरेको छ । घरेलु मानमा आर्सनलले लिभरपुललाई पहिलो हाफमा गोल रहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा लिभरपुलले ३ गोल गर्‍यो ।

लिभरपुलको लागि जोटाले ६४औं र ८२औं मिनेटमा गोल गरे । मोहम्मद सालाहले ६८औं मिनेटमा गोल गरे ।

जितपछि ३० खेलबाट ४९ अंक जोड्दै लिभरपुल पाँचौ स्थानमा उक्लेको छ । समान खेलबाट ४२ अंकसहित आर्सनल नवौं स्थानमा छ ।

म्यानचेष्टर सिटी लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय