Comments Add Comment

आईएमई रेमिट बन्यो सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी, चौथो पटक सम्मानित

काठमाडौं । आईएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा बिहीबार आयोजित एक विशेष समारोहबीच नेपाल सरकार, अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सो सम्मान प्रदान गरेका हुन् ।

आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आईएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनीमा पर्न सफल भएको हो । आन्तरिक राजश्व कार्यालयले एक समारोहबीच सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा आईएमई रेमिटलाई सम्मान गरेको हो । कोभिड-१९ का कारण गत मंसिरमा हुने सम्मान कार्यक्रम रोकिएको थियो । यसअघि पनि आईएमई लगातार तीन पटकसम्म सम्मानित भइसकेको कम्पनीले जनाएको छ ।

श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिट्यान्स बैंकिङ सञ्जालमार्फत नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा २० वर्षअघि आईएमई स्थापित भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आईएमई विदेशबाट बैंकिङ च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको पहिलो कम्पनी हो । नेपालको रेमिट्यान्स क्षेत्रको यो अगुवा संस्थाका कारण वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीलाई आफ्नो घरमा पैसा पठाउन सजिलो भएको छ ।

संसारका विभिन्न देशमा रहेको यो कम्पनीको यही सेवाका कारण धेरै जसो विदेशमा तथा स्वदेशमै रहेका नेपाली नागरिकमाझ पनि आईएमआई गर्ने भन्ने एउटा पर्याय नै बनेको कम्पनीले जनाएको छ ।

आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आईएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा दिइरहेको कम्पनीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment