+
+

कुमारी बैंकको २०औं वार्षिकोत्सव : पशुपति क्षेत्रमा सरसफाइ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २२ गते १९:२३

२२ चैत, काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सव मनाएको छ ।वार्षिकोत्सवको अवसरमा बैंकले देशभर विविध कार्यक्रम गरेको छ । बैंकले शनिबार  काठमाडौंको पशुपति क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको थियो । सरसफाइ कार्यक्रमको शुभारम्भ बैंकका सञ्चालक समितिका अध्यक्ष अमीर प्रताप राणाले गरेका थिए ।

पशुपति क्षेत्र विकास कोष, काठमाडौं महानगरपालिका वडा नम्बर ८ कार्यालयको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य आशा पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत उच्च व्यवस्थापनका पदाधिकारी र १५० जना कर्मचारीहरुको सक्रिय सहभागिता रहेको बैंकले जनाएको छ।

हालसम्म देशभर १९२ शाखा सञ्जाल, १६५ एटीएम, २६ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको बैंकले जनाएको छ ।

आफ्नो २० वर्षको अनवरत यात्राका हरेका पलमा सम्पूर्ण शुभचिन्तकहरुले दिएको अथक साथ र विश्वास प्रति बैंकले हार्दिक कृतज्ञता ज्ञापन गर्दै आफ्ना निरन्तर सेवा र सुविधालाई नवीनतम प्रणालीका साथ सशक्त र सुलभ बनाउँदै जाने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?