+
+

म्यानमारको हिरासतबाट रिहा भए अष्ट्रेलियाली दम्पती

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २३ गते १३:१६

२३ चैत, काठमाडौं । म्यानमारमा नजरबन्दमा रहेका अष्ट्रेलियाली दम्पती रिहा भएका छन् । उनीहरुलाई कुनै मुद्दा नचलाई मुलुक छाड्न पाउने अनुमति दिइएको छ ।

अष्ट्रेलियाको विदेश मामिला विभागले म्यानमारको यो निर्णयको स्वागत गरेको छ । आइतबार अष्ट्रेलियाली नागरिक म्याथ्यु ओकेन र क्रिस्टा एभेरी यान्गोन प्रस्थान गरेका छन् । यो दम्पतीले म्यानमारमा एक कन्सल्टेन्सीको व्यवसाय चलाउँदै आएका थिए । गत मार्च महिनामा म्यानमार छाड्ने तयारी गरेसँगै उनीहरुलाई पक्राउ गरेर नजरबन्दमा राखिएको थियो ।

रिहा भएका दम्पतीले आफूहरुले कुनै गल्ती नगरे पनि नजरबन्दको बसाइ निकै तनावपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । अर्का अष्ट्रेलियाली अर्थशास्त्री सिन टर्नेल अझै हिरासतमा छन् । उनी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीका सल्लाहकार थिए । उनी म्यानमारमा पक्राउ पर्ने पहिलो अष्ट्रेलियाका नागरिक थिए । अहिले उनीमाथि आप्रवासन तथा गुप्त अपराधको विषयमा अनुसन्धान भइरहेको छ ।

म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले कू गरेपछि अहिलेसम्म २५ सयभन्दा धेरै मानिस पक्राउ परिसकेका छन् । अष्ट्रेलियाको सेनाले म्यानमारसँगको सहकार्य अन्त्य गर्दै आफ्ना नागरिकहरुलाई म्यानमार छाड्न सुझाव दिएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?