Comments Add Comment

मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको पहिलो चरणबाटै बाहिरियो

२३ चैत, पोखरा । संकटा क्लबसंग पराजित हुँदै साविक विजेता मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ ।

पोखरामा जारी १९ औं संस्करणको प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा संकटाले मनाङलाई १-० ले पराजित गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा संकटालाई जिताउन विदेशी खेलाडी फोफो मा ले निर्णायक गोल गरे ।

उनले खेलको ४४ औं मिनेटमा गरेको गोल नै संकटालाई जिताउन पर्याप्त बन्यो ।

प्रतियोगिताअन्तर्गत अन्तिम क्वार्टरफाइनलमा मंगलबार थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् ।

यसअघि नै विभागीय टोली एपीएफ क्लब र अफ्रिकन रुट एसोसिएसन सेमिफाइनलमा पुगिसकेका छन् ।

सहारा क्लबको आयोजना भइरहेको प्रतियोगितामा कुल ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment