+
+
Shares

टोकियो ओलम्पिकमा उत्तर कोरियाले भाग नलिने, दक्षिण कोरियालाई पनि झट्का

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २४ गते १४:५०

२४ चैत, काठमाडौँ । उत्तर कोरियाले कोरोना भाइरसको कारण देखाउँदै यस पटकको टोकियो ओलम्पिकमा भाग नलिने घोषणा गरेको छ ।

उत्तर कोरियाले आफ्नो एथलेट्सहरुलाई जोगाउन टोकियो ओलम्पिकमा भाग नलिने घोषणा गरेको हो । आफ्नो देशकमा कोरोना भाइरसको कुनै पनि संक्रमित नभएको दाबी गर्दै टोकियो ओलम्पिकमा भाग नलिएर अलग्गै राखेको हो।

जापानमा गत वर्षमात्रै टोकियो ओलम्पिक हुने भनिए पनि कोरोनाका कारण स्थगित गरिएको थियो। तर यस वर्ष २३ जुलाईदेखि टोकियो ओलम्पिक खेल सुरु हुँदैछ ।

उत्तर कोरियाको यो निर्णयले दक्षिण कोरियाको आशालाई पनि झट्का लागेको छ किनकी उक्त खेलबाट नैं दुई देशबीच रोकिएको संवाद फेरि सुरु हुने आशा दक्षिण कोरियाले गरेको थियो।

सन् २०१८को शीतकालिन ओलम्पिकमा दुवै देशले संयुक्त रुपमा टीम बनाएर पठाएका थियो । साथै दुवै देशको बीचमा ऐतिहासिक संवाद सुरु भएको थियो।  एजेन्सीहरुको सहयोगमा

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?