
२४ चैत, काठमाडौँ । उत्तर कोरियाले कोरोना भाइरसको कारण देखाउँदै यस पटकको टोकियो ओलम्पिकमा भाग नलिने घोषणा गरेको छ ।
उत्तर कोरियाले आफ्नो एथलेट्सहरुलाई जोगाउन टोकियो ओलम्पिकमा भाग नलिने घोषणा गरेको हो । आफ्नो देशकमा कोरोना भाइरसको कुनै पनि संक्रमित नभएको दाबी गर्दै टोकियो ओलम्पिकमा भाग नलिएर अलग्गै राखेको हो।
जापानमा गत वर्षमात्रै टोकियो ओलम्पिक हुने भनिए पनि कोरोनाका कारण स्थगित गरिएको थियो। तर यस वर्ष २३ जुलाईदेखि टोकियो ओलम्पिक खेल सुरु हुँदैछ ।
उत्तर कोरियाको यो निर्णयले दक्षिण कोरियाको आशालाई पनि झट्का लागेको छ किनकी उक्त खेलबाट नैं दुई देशबीच रोकिएको संवाद फेरि सुरु हुने आशा दक्षिण कोरियाले गरेको थियो।
सन् २०१८को शीतकालिन ओलम्पिकमा दुवै देशले संयुक्त रुपमा टीम बनाएर पठाएका थियो । साथै दुवै देशको बीचमा ऐतिहासिक संवाद सुरु भएको थियो। एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4