Comments Add Comment

कटरीना कैफलाई कोरोना पोजिटिभ

२४ चैत, काठमाडौं । बलिउडकी चर्चित नायिका कटरीना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ । नायिका कैफले सामाजिक सञ्‍जाल इन्स्टाग्राममार्फत् आफू कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

उनले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘ म कोभिड १९ पोजिटीभ भएकी छु।मैले तुरुन्तै आफूलाई आइशोलेट गरिसकेकी छु।र होम आइशोसनमै रहन्छु । चिकित्सकको सल्लाह अनुसार नै आफ्नो सुरक्षाको सबै प्रोटोकल अपनाउनेछु। मेरो सम्पर्कमा आउने सबैलाई तत्काल आफ्नो कोरोना जाँच गराउनुस्।’

मुम्बइमा कोरोना संक्रमणदर दिनप्रतिदिन बढ्दै गइरहेको छ । विगत केही दिनमै बलिउडका कलाकारहरुलाई कोरोना संक्रमण हुनेक्रम बढ्दो छ ।

भारतमा दोश्रो चरणको कोरोनाको लहर सुरु भएसँगै आमिर खान, अक्षय कुमार, आलिया भट्ट, गोविन्दालगायत बलिउडका ठूला कलाकारहरु कोरोना पोजीटीभ देखिएको छ।  उनीहरु आफूलाई आइशोलेसनमा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment