+

च्याम्पियन्स लिग : एमबाप्पेको दुई गोलमा पीएसजीले बार्यनलाई हरायो

२०७७ चैत  २६ गते ९:०२ २०७७ चैत २६ गते ९:०२
च्याम्पियन्स लिग : एमबाप्पेको दुई गोलमा पीएसजीले बार्यनलाई हरायो

२६ चैत, काठमाडौं । किलियन एमबाप्पेको दुई गोल मद्दतमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लगमा जर्मन क्लब बार्यन म्युनिखलाई ३-२ ले पराजित गरेको छ । पीएसजीका लागि अर्को गोल मार्क्विन्होसले गरे ।

घरेलु मैदान एलिएन्ज एरेनामा बार्यनका लागि चोपोउ मोटिङ र थोमस मुलरे गोल गरे पनि हार टार्न पर्याप्त भएन ।

खेलकव तेस्रो मिनेटमै एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा मार्क्विन्होस्ले पीएसजीको अग्रता दोब्बर पारे ।

पीएसजीका मोटिङले ३७औं मिनेटमा गोल गर्दै गोल अन्तरमा पहिलो हाफमा २-१ मा झारेको । ६०औं मिनेटमा बायर्नका मुलरले गोल गरेपछि खेल २-२ को अवस्थामा पुग्यो । तर एमबाप्पेले ६८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई जिताए ।

गत सिजन बार्यनले पीएसजीलाई नै फाइनलमा हराएर च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

च्याम्पियन्स लिग पीएसजी बार्यन म्युनिख

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय